व्यवसायी सेठियालाई लक्षित गरी गोली प्रहार - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

व्यवसायी सेठियालाई लक्षित गरी गोली प्रहार



रूपन्देही २८ फागुन
रुपन्देहीको सदरमुकाम भैरहवामा व्यवसायीलाई लक्षित गरी गोली प्रहार गरिएको छ । भारतीय मोटरसाइकलमा आएका दुई जनाले भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित कार्यसमति सदस्य हरिष सेठियालाई लक्षित गरी गोली प्रहार गरिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाएका छन् ।

उनलाई भैरहवाको हाटबजार स्थित सेवा पथमा गोली प्रहार गरिएको थियो । उनलाई लक्षित गरी हानिएको गोलीबाट उनी बच्न सफल भएको प्रहरीले जनाएको छ । दुई जनामध्ये एक जना भागेको र एक जनालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए । प्रमुख ज्ञवालीले गोली हान्ने व्यत्ति र मोटरसाइकललाई समातेको बताए ।

भारतीय नागरिकले भारतीय मोटरसाइकलमा आएर उनलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

व्यवसायी सेठियालाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पदाधिकारीको जिम्मा लगाइएको छ । सेठिया माथि यस अघि पनि गोली प्रहार गरिएको बुझ्न आएको छ ।