जहाँ भेट्यो त्यहीं गोलि हान्ने सरकारको निर्देशन - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

जहाँ भेट्यो त्यहीं गोलि हान्ने सरकारको निर्देशन



सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ ।

सरकारले हतियार बोकेर हिंडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिंडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रमुख जिल्ला अधिकारीले भने ।

बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न सरकारले निर्देशन दिएको छ ।
नागरिक दैनिकबाट