तरुण दल नगर अध्यक्षको गोली हानी हत्या - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

तरुण दल नगर अध्यक्षको गोली हानी हत्या



कांग्रेसको युवा संगठन तरुण दलका लिवाङ नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ । सुवर्णावती गाउँपालिकाको सुलिचौरस्थित एक होटेलमा खाना खाइरहेका वेला आपसी विवाद हुँदा रोल्पा नगरपालिका धवाङका देवबहादुर घर्तीले पुनलाई गोली हानेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै पुगेको प्रहरीसमक्ष घर्तीले आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।मृतक पुन व्यक्ति हत्या आरोपमा जेल बसेका व्यक्ति हुन् भने घर्तीको नाम झैझगडामा जोडिइरहने गरेको छ । पुन र घर्तीको विवादको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको खड्काले बताए ।

कांग्रेसले पुनको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । तत्कालीन माओवादी केन्द्रका घर्तीमगरलगायतले गोली हानी पुनको हत्या गरेको भन्दै कांग्रेसले निन्दा र भत्र्सना गरेको छ । नयाँ पत्रिकाबाट ।