जापान उड्न लागेकी नेपाली महिला गोली सहित विमानस्थलबाट पक्राउ - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

जापान उड्न लागेकी नेपाली महिला गोली सहित विमानस्थलबाट पक्राउ



काठमाडौं – जापान उड्न लागेकी तनहुँकी सोविता नेपाली गोलि सहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छन्। विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार सोविता आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता सहर जान लागेकी थिइन्।


भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो।


घ्यू रंगको लेडिज हाते व्यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरे ए मा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनिपर्स भित्र केएफ १३ ५.५६ लेखिएको एक राउण्ड गोली फेला परेको विमानस्थल सुरक्षा गणले जनाएको छ।


लगत्तै उनलाई पक्राउ गरिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको ढकालले जानकारी दिए ।