काठमाडौंमा बिहानै गोली चल्यो, एक घाइते
काठमाडौँ:
एकाबिहानै काठमाडौँको लैनचौर नजिकै गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरले गोली चलेको पुष्टि गरेका छ।
गोली कसले चलाएको भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले बतायो ।
एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए । उनका अनुसार एक जनाको खुट्टामा गोली लागेको छ। गोली लाग्नेका घाइतेको पहिचान हुन सकेको छैन। घाइतेलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ
केही दिनअघि मात्र नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो।