सर्लाहीमा गोली चल्यो, सशस्त्रका जवान घाइते - Himal Post Himal Post
  • १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
Logo

सर्लाहीमा गोली चल्यो, सशस्त्रका जवान घाइते



सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन्।

काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो ।

पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।