गोल्डेन स्टार बन्यो शिवगढी कप फुटबलको च्याम्पियन । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गोल्डेन स्टार बन्यो शिवगढी कप फुटबलको च्याम्पियन ।



कमल विष्ट /कपिलवस्तु

खेल क्षेत्र बाट एतिहासिक किल्ला धार्मिक पर्यटकीय क्षेत्र शिवगढी लाई प्रवर्द्धन गर्ने उद्देश्यले गोल्डेन स्टार युवा क्लब बानियाभारले हरेक वर्ष झैँ यश वर्ष पनि आयोजना गरेको शिवगढी कपको उपाधि सूर्यमुखी युवा क्लब बिजगौरी लाई टाइब्रेकरमा ४-२ ले स्तब्ध पार्दै आयोजक गोल्डेन स्टारले नै कब्जा गरेको छ ।

निर्धारित समयमा १-१ गोलको बराबरी खेलेका दुवै टिमले अन्ततः टाइब्रेकरमा पेनाल्टी सुट आउटमा विजेताको छिनोफानो गरे, गोल्डेन स्टारका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधि दिलाउन सफल भएका हुन ।

असोज २२ गते बाट सञ्चालन भएको महिला तथा पुरुष फुटबल टुर्नामेण्टमा महिला ४ टिम र पुरुष १८ टिम बिच प्रतिस्पर्धा भएको थियो । महिला फुटबलमा भने ग्रिन भिजन बनकट्टा प्रथम भयो ।

विजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु ३ (क) बाट विजयी प्रदेश सभा सांसद अर्जुन केसीले नगद पुरस्कार पुरुष तर्फ प्रथम टिमलाई रु.४१ हजार १ सय ११ र महिला तर्फको विजेता टिमलाई ५ हजार नगद साथमा ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो , कार्यक्रममा बोल्दै सांसद केसीले शिवगढी किल्लाको एतिहासिक महत्त्वका बारेमा प्रकाश पार्दै सङ्घीयताको स्वरूप अनुसार सङ्घीय सरकार गठन पछि मुलुक नयाँ पद्धतिमा अघि बढेकोले अब केही समय पछि नै जनताले मुलुकमा परिवर्तन र विकासको अनुभूति गर्न पाउने बताउनुभयो ।

कार्यक्रम क्लबका अध्यक्ष ईश्वर गिरीको अध्यक्षता, संयोजक विक्रम केसीको स्वागत तथा गणेश गुरुङको सञ्चालनमा सप्पन्न भएको थियो ।