गोल्डेन बुटको दाबेदार को, कसले कति गोल गरे ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

गोल्डेन बुटको दाबेदार को, कसले कति गोल गरे ?



विश्वकप जति टिमका लागि महत्वपूर्ण छ त्यति नै खेलाडीका लागि पनि । फुटबलको महामेला विश्वकप खेलाडीका लागि नयाँ सम्भावनाहरुको ढोका अझ फराकिलो बनाउने माध्यम पनि हो र व्यक्तिगत स्तरमा नयाँ उचाई पाउने अवसर पनि ।

यस्तैमा एक गो प्रतियोगिताको सर्वाधिक गोलकर्ता भन्दै जित्ने गोल्डेन बुट । रुसमा जारी विश्वकप फुटबलमा यसपटक गोल्डेन बुटका दाबेदारहरु समूह चरणका दुई खेल सकिँदानै देखिन थालेका छन् ।

चार वर्षअघिको विश्वकपमा पाँच गोल गरेका कोलम्बियाका जेम्स रोड्रिग्वेजले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए । तर यो विश्वकपमा सुनौलो बलमा लागि त्यति मात्रै गोलले पुग्ने देखिँदैन वा त्यो भन्दा धेरै गोल हुनेछ पक्का छ ।

यसपटक समूह चरणका दुई खेलमा नै गोल्डेन बुटका दाबेदारले पाँच गोल गरिसकेका छन्, र उनी हुन् इंग्ल्याण्डका कप्तान ह्यारी केन । उनले पहिलो खेलमा दुई तथा दोस्रो खेलमा ह्याट्रिक गर्दै पाँच गोल गरेका छन् ।

यस्तै उनको पछाडि छन् स्टार स्ट्राइकर तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो । उनले पहिलो खेलमा ह्याट्रिक तथा दोस्रो खेलमा एक गोल गरे र उनको गोल संख्या चार भएको छ ।

यो विश्वपमा अहिलेसम्म ५९ खेलाडीले गोल गरेका छन् । अहिलेसम्म ८० गोल भइसकेको छ ।

को को छन् त लाइनमा ?
ह्यारी केन, इंग्ल्याल्ड : ५ गोल

रामेलु लुकाकु, बेल्जियम : ४ गोल

क्रिष्टियानो रोनाल्डो, पोर्चुगल : ४ गोल
डेनिस चेरिशेभ, रुस : ३ गोल
डिएगो कोस्टा, स्पेन : ३ गोल
अरतेम डिज्युबा, रुस : २ गोल
इडन हजार्ड, बेल्जियम : २ गोल
अहमद मुसा, नाइजेरिया : २ गोल
मिल जेडिनाक, अस्ट्रेलिया : २ गोल
लुका मोड्रिक, कोस्टारिका : २ गोल
जोन स्टोन्स, इंग्ल्याण्ड : २ गोल
फिलिप कोन्टिन्हो, ब्राजिल : २ गोल

एक गोल गर्ने खेलाडीहरु
एलेक्सान्ड्र गोलोभिन, रुस
किइसुकी होन्डा, जापान
मार्को रुइस, जर्मनी
ताकाशी इनुइ, जापान
काहबी खाजरी, ट्युनिसिया
जाभिएर हर्नान्डेज, मेक्सिको
क्रिष्टियन एरिक्सन, डेनमार्क
जेर्डान शाक्विरी, स्वट्जरल्याण्ड
आन क्विन्टेरो, कोलम्बिया
फिलिपे बालोयी, पानामा
मिसी बाट्सुयी, बेल्जियम
मोहम्मद सालह, इजिप्ट
फर्नान्डेज नाचो, स्पेन
येरी मिना, कोलम्बिया
डिलान ब्रोन्न, ट्युनिसिया
आन गुइलेर्मो कुएड्राडो, कोलम्बिया
कार्लोस अल्बर्तो भेला, मेक्सिको
मिर्भिङ्ग लोनाजो, मेक्सिको
एन्टी रिकिब, क्रोएसिया
शिन्जी कागावा, जापान
एन्टोनी ग्रिजम्यान, जर्मनी
सर्जियो अग्युरो, अर्जेन्टिना
ऋोला ताइभोनेन, स्वीडेन
युसुफ पोउल्सेन, डेनमार्क
फर्जानी सासी, ट्युनिसिया
जेसी लिङ्गार्ड, इंग्ल्याण्ड
एम’बायी निएन्ग, सेनेगल
केलियन एमबाप्पे, फ्रान्स
ड्रिएस मार्टेन्स, बेल्जियम
राडामेल फालकाओ, कोलम्बिया
इुया ओसाको, जापान
अफ्रेड फिन्बोगासन, आइसल्याण्ड
अलेक्सान्डर मिट्रोभिक, सर्बिया
युरी गाजिन्स्की, रुस
साडिओ माने, सेनेगल
मेसा वागुइ, सेनेगल
सन हेङ मिन, दक्षिण कोरिया
इभान रेकिटिक, क्रोएसिया
टोनी क्रस, जर्मनी
ल्ुइस स्वारेज, उरुग्वे
जोसे गिमेनेज, उरुग्वे
स्टिभन जुबेर, स्वीट्जरल्याण्ड
आन्द्रेस ग्रानक्भिस्ट, स्वीडेन
एलेक्सान्डर कोलारोभ, सर्बिया
ग्रानेट जाका, स्वीट्जरल्याण्ड
नेइमार, ब्राजिल
ग्रजेगोर्ज क्रिचोविक, पोल्याण्ड