गोल्डन बुट केनलाई ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गोल्डन बुट केनलाई !



इंग्ल्याण्डका कप्तान ह्यारी केनले रुस विश्वकपमा गोल्डन बुट जित्ने लगभग पक्का भएको छ। विश्वकपको फाइनल खेलमात्रै बाँकी रहँदा केन विश्वकपमा सर्बाधिक गोल गर्ने खेलाडी हुन्

तेस्रो स्थानको प्लेअफमा शनिबार राति बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डसँगै र केनको विश्वकप यात्रा सकिएको छ। केनले ६ गाेल गरेका छन्। उनलार्इ ४ गोलसहित पन्छाइरहेका बेल्जियमका रामेलु लुकाकुपनि अाज विश्वकप यात्रा सम्पन्न भएको छ।

अब फाइनलमा पुगेका टोली फ्रान्सका एन्टिनियो ग्रिजम्यान र केलियन एम्बाप्पले समान ३–३ गोल गर्दै उनलाई पन्छाइरहेका छन् भने आइतबार फ्रान्ससँग फाइनल खेल्ने क्रोएशियाका तीन खेलाडीले २–२ गोल गरेका छन्। उनीहरुले केनलार्इ उछिन्न मुस्किल देखिन्छ।

प्रिमियर लिगका पछिल्ला तीन सिजनमध्ये दुई सिजनका सर्बाधिक गोलकर्ता केनले १९८६ मा इंग्ल्याण्डका ग्यारी लिन्केरले गोल्डनबुट जित्दाको गोलसंख्या (६ गोल)सँग बराबरी समेत गरेका छन्।
यसविश्वकपसँगै १९३९ मा टोमी लोटोनपछि इंग्ल्याण्डका लागि लगातार ६ खेलमा गोल गर्ने खेलाडी समेत केन बनेका छन्।

केनका सबै गोलहरु इंग्ल्याण्डका सुरुवाती ४ खेलमा आएका हुन्। जसमध्ये तीन गोल पेनाल्टीबाट आएका हुन्। केन पछिल्ला तीन खेलमा गोल गर्न असफल रहेका थिए।

बेल्जियमविरुद्धको खेलपछि प्रतिक्रिया दिदैँ केनले भने, ‘पछिल्ला खेलहरुमा गोल गर्न नसक्दा म निकै निराश छु। सुरुवाती खेलहरुमा हामीले गोल गर्न सक्नुको अर्थ हामीले समूह चरणमा राम्रो खेल्यौं भन्नेपनि हो। तर, यदि मैले गोल्डन बुट जितेभने त्यो मेरो लागि गर्वको क्षण हुनेछ।’