विश्वकप: यसकारण गोल्डेन बूट केनले पाउन सक्छन - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

विश्वकप: यसकारण गोल्डेन बूट केनले पाउन सक्छन



काठमाडौं। रूसमा जारी फिफा विश्वकपको २१औं संस्करणमा गोल्डेन बूटको दौडमा बेलायती टोलीका कप्तान ह्यारी केन सबैभन्दा अगाडि छन् । कोलम्बियासँगको खेलमा गोलको खाता खोलेका केनले समूह चरण र एक नकआउट खेलमा गरी ६ गोल गरेका छन् । उनी यस विश्वकपमा अहिलेसम्म सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनी १९८६ यता बेलायतको पहिलो गोल्डेन बूट जित्ने खेलाडी बन्ने क्रममा छन् । २००६ र २०१० को विश्वकपमा ५/५ गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोज र थोमस मूलरले गोल्डेन बूट जितेका थिए ।

उनीपछि दोस्रो दाबेदारका रूपमा बेल्जियन खेलाडी रोमेलु लुकाकु छन् । लुकाकुले बेल्जियमका लागि दुई खेलमा २/२ गोल गरेका छन् । अहिलेसम्म उनको खातामा चार गोल छ ।

लुकाकुसँगै चार गोल गरेका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो पनि दोस्रो स्थानमा थिए । तर, पहिलो नकआउट खेलमा उरुग्वेसँगको हारपछि पोर्चुगल घर फर्किसकेको छ । त्यसैले यस दाबेदारीमा केन र लुकाकु दुवैलाई रोनाल्डोका तर्पmबाट कुनै खतरा छैन ।

यस विश्वकपमा ३ गोल आफ्नो खातामा लेखाउन सफल ६ खेलाडी छन् । विश्वभरका फूटबल फ्यानलाई अचम्मित तुल्याउँदै आयोजक रूसले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । जबकि फिफा वरीयताका आधारमा विश्वकपमा सहभागीमध्ये सबैभन्दा तल रहेको रूसलाई समूह चरणबाटै बाहिरिने अनुमान गरिएको थियो । रूसी टोलीका २ खेलाडी डेनिस चेरिशेव र अर्तेम डिज्यूबाले आफ्नो खातामा ३/३ गोल दर्ता गराउन सफल भएका छन् ।

त्यसैगरी, फ्रान्सका केलियन एम्बाप्पे पनि दाबेदारीको दौडमा छन् । तीन गोल गरेर उनले क्वार्टरफाइनलमा फ्रान्सका लागि स्थान सुनिश्चित गरेका थिए ।

फाइनलसम्म खेल्ने मौका मिलेमा ३ गोल गरेका उरुग्वेका इडिन्सन कभानीले पनि गोल्डेन बूट जित्ने झीनो आशा छ ।
१९७४ यताको विश्वकपमा तीन संस्करणबाहेक सबैमा ६ गोल गर्ने खेलाडीले गोल्डेन बूट जितेका छन् । केनले अहिले नै ६ गोल गरिसकेका छन् । बेलायत फाइनलसम्म पुग्न सक्यो भने उनको खातामा गोल अझै थपिन सक्छ ।