गोल्डेन बुटका मुख्य दाबेदार को-को हुन् ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गोल्डेन बुटका मुख्य दाबेदार को-को हुन् ?



रसियामा जारी २१औं संस्करणको विश्व कप फुटबलमा सर्वाधिक गोलकर्ता को हुन भन्ने चासो सबैमा छ। रुस विश्वकपको अन्तिम १६ खेलहरु सकिएका छन्।अब शुक्रबारबाट क्वार्टरफाइनल भिडन्त हुनेछ।

रोमान्चक बनेको यो पटकको विश्वकपमा ठूला र दाबेदार भनिएका राष्ट्रहरु बाहिरिएका थिए।

यस्तोमा विश्वकप फुटबलको गोल्डेन बुट प्रतिस्पर्धामा पनि नयाँ खेलाडीहरुको प्रतिस्पर्धा हुने देखिएको छ। ठूला स्टार खेलाडीहरु रोनाल्डो, मेसीहरू प्रतिस्पर्धाबाट पछाडि धकेलिएका छन्।

इंग्ल्यान्डका ह्यारी केन र बेल्जियममा रोमेलु लुकाकु गोल्डेनबुटको दौडमा अगाडि देखिएका छन्।

विश्वकपको अन्तिम १६ को खेल सकिदा गोल्डेन बुटको मुख्य दाबेदार इंग्ल्यान्डका कप्तान ह्यारी केन देखिएका छन् । केनले ३ खेलमा ६ गोल गर्दै गोल्डेन बुटको मुख्य दाबेदार भएको प्रमाणित गरिसकेका छन्।

समूह चरणको पहिलो खेल ट्युनिसियाविरुद्ध केनले दुई गोल गरेका थिए । पानामाविरुद्ध ह्याट्रिक गरेका केनले अन्तिम १६ मा कोलम्बियाविरुद्ध पनि एक गोल गरेका थिए।

यस्तै गोल्डेन बुटको दाबीमा बेल्जियमका लुकाकु पनि प्रतिस्पर्धामा छन्। लुकाकुले चार गोल गर्दै केनलाई पछ्याईरहेका छन्। क्रिष्टियानो रोनाल्डोसंग समान चार गोल गरेका लुकाकुको गोलसंख्या बढ्ने अनुमान गरिएको छ।

रोनाल्डोको टिम पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएपछि गोल्डेन बुटमा उनको प्रतिस्पर्धा पनि सकिएको हो।

यस्तै गोल्डेन बुटका दाबेदार अन्य खेलाडीमा फ्रान्सका केलियन एमबाप्पे, उरूग्वेका एडिनसन काभानी, रुसका डेनिस चेरीशेभ र अर्तेम डज्युबा पनि हुन्। क्वाटरफाइनललिस्ट टोलीका चारै खेलाडीले समान ३ – ३ गोल गरेका छन्।

त्यस्तै ब्राजिलका नेयमार, बेल्जियमका इडेन हाजार्ड, फ्रान्सका एन्टोनी ग्रीजम्यान, स्विडेनका अन्द्रियास ग्रान्डभिकस्ट, उरुग्वेका लुइस स्वारेज,इंग्ल्यान्डका जोन स्टोन, क्रोएसियाका लुका मोड्रिक र ब्राजिलका फिलिपे कौटिन्होले पनि गोल्डेन बुट जित्ने सम्भावना कायम राखेका छन्। उनीहरू सबैले अहिलेसम्म २ – २ गोल गरिसकेका छन्।

अब हेरौ कसले जित्ने हो यो वर्षको गोल्डेन बुट।