घट्यो सुनचाँदीको मूल्य ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घट्यो सुनचाँदीको मूल्य !



साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी प्रतितोला सुनको मूल्य ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।