सुन चाँदीको मूल्य घट्यो - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सुन चाँदीको मूल्य घट्यो



काठमाडौं- हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको सुन चाादीको भाउ मङ्गलबार घटेको छ ।

मङ्गलबार सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै मङ्गलबार चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको भाउ बढेपछि नेपाली बजारमा कारोबार पनि प्रभावित भएको छ । गएका केही दिनमा सुनको भाउ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

गएको वर्ष यो समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुस्किलले दैनिक १० किलो मात्रै व्यापार हुने गरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।