छोराको विवाहबाटै समातिए सुन तस्करीमा संलग्न व्यवसाही

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान समितिले विरगञ्जका एक व्यवसायीलाई पक्राउ गरेको छ ।
प्रहरिले वीरगञ्जका व्यवसायी राजु द्धावरकालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै पक्राउ गरिएको थियो ।
सुन काण्डमा पक्राउ परेका हुन्डी कारोबार व्यवसाहीहरुले उनको नाम लिएपछि द्धावर पक्राउ परेको जानकारी स्रोतले दिएको छ । तस्करीको सुन उनले भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ ।

