गोकुल बाँस्कोटाको औकात यहि हो- बरिष्ठ अधिवक्ता शम्भु थापा - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

गोकुल बाँस्कोटाको औकात यहि हो- बरिष्ठ अधिवक्ता शम्भु थापा



काठमाडौं -बरिष्ठ अधिवक्ता शम्भु थापाले सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आलोचना गरेका छन्। मिडिया काउन्सिल विधेयकको प्रतिरक्षा गरिरहेका बाँस्कोटाको व्यवहारमा थापाले प्रश्न उठाएका हुन्।

‘गोकुल बाँस्कोटाको हुलिया अनुसार बोलेको मिल्छ’, थापाले राजधानीको एक कार्यक्रममा भने, ‘गोकुल बाँस्कोटालाई हामीले चिनेको छैन? अहिले हुलिया हेर्नुहोस् त बोलेको हेर्नुहोस् त नेपाली जनतासँग डिल गर्दै हुनुहुन्छ कि हामी त एउटा गए गुज्रेको दासलाई भनेको जस्तो भन्नुहुन्छ।’

उनले बाँस्कोटाको रवैया हेरेर आगामी चुनावमा भोट नदिनुस् भन्न मन लाग्ने बताए। ‘हामीले भन्न सक्छौँ कि सक्दैनौँ यिनलाइ भोट नदेउ भनेर’, थापाले भने, ‘अर्कोलाई भोट देउ भन्ने पनि होइन।’

मिडिया काउन्सिल विधेयक अनुसार प्रेसलाई नियमन गर्ने निकाय सरकारी एउटा अंग बन्ने र त्यसले जरीवाना गर्न नमिल्ने थापाको तर्क छ।