गोकुल बास्कोटालाइ विश्वप्रकाशको झापड - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

गोकुल बास्कोटालाइ विश्वप्रकाशको झापड



काठमाडौँ – सरकारका प्रवक्ता गोकुल बास्कोटाले जय नेपाल शब्दमाथि प्रश्न उठाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् ।

बिहीबार मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले ‘मेरो सरकार’ शब्दमाथि विरोध जनाउने कांग्रेसले राजा महेन्द्रले भन्न सुरु गरेको जय नेपाल शब्द किन अहिलेसम्म प्रयोग गरिरहेको भनेर प्रश्न गरेका थिए ।

त्यसको जवाफ दिँदै कांग्रेस प्रवक्ता शर्माले भनेका छन् ‘कमरेड, हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लाल सलाम चाहिन्न । ’

शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जय नेपालको स्वाभिमानी भावलाई कसैले विवाद र बहसमा ल्याउन चाहन्छ भने आक्रोश बेगर मुस्कुराउंदै जवाफ केवल यतिदिए पुग्छ जस्तो लाग्छ ‘
कमरेड!
हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लाल सलाम चाहिन्न ।’