प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न दिन्नौँ:- गोकर्ण बिष्ट - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न दिन्नौँ:- गोकर्ण बिष्ट



काठमाण्डौ, २२ मंसिर

एमालेका सचिव गोकर्ण बिष्टले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म अबरुद्ध संसद नखुल्ने बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले संशोधन प्रस्तावको औचित्य पुस्टि नहुने भएकाले फिर्ताको विकल्प नरहेको बताए।

उनले सदनसँगै सडक ठप्प पार्ने चेतावनी दिए। बिष्टले भने, ‘यो संशोधन प्रस्तावले कुनै पनि अर्थमा औचित्य पुष्टि गर्न सक्दैन, त्यसैले यो प्रस्ताव फिर्ता नभएसम्म हामी सदन र सडक दुवै ठप्प पार्छौं।’

विष्टले संविधानको धारा २७४ को उपधारा ४ र ५ बमोजिम सीमांकन हेरफेरको लागि प्रादेशिकसभा अनिवार्यताको परिकल्पना गरेको उल्लेख गर्दै अहिले सीमांकन हेरफेर गर्नेगरी संशोधन प्रस्ताव आउनु संवैधानिक नभएको टिप्पणी गरे।

उनले सरकारले संविधानको सकारात्मक रुपमा कार्यान्वयन गर्न अगुवा गर्नुपर्ने बेलामा संशोधनको कुरा उठाएर नाटक गरेको आरोप लगाए। उनले भने, ‘सरकारको अगुवा गर्नेहरुले नै यस्तो काम गरेपछि कसरी संविधान कार्यान्वयन हुन्छ?’