भ्रामक समाचारको शिकार बने गोकर्ण विष्ट
काठमाडौं- नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टको नाम जोडेर आधारहिन खवर फैलाइएको पाइएको छ । नेता विष्टले एमालेमा जारी विवादका बीच माधव पक्षलाई छोडेको भन्दै एकाध मिडियाले समाचार प्रकाशन गरेका थिए । तर ती समाचार आधारहिन रहेको पाइएको छ ।
मगंलबार अध्यक्ष ओलीले माधव झलनाथ समुहका ३२ जना सांसदलाई अन्तिम चेतावनी भन्दै स्पष्टिकरण मागेका थिए । उक्त सुचिमा नेता विष्टको नाम थिएन । त्यसैलाई आधार बनाएर नेता विष्टले नेपाल समुह छाडेको र ओलीको पक्षमा उभिएको भन्दै उक्त मिडियाले समाचार प्रकाशन गरेको थियो । ‘उहाँ एमालेको एकता जोगाउनका लागि अन्तिम सम्म प्रयासरत हुनुहुन्छ । अदालतको फैसला अनुसार नेकपा एकतापूर्वको एमालेका आधिकारिक कमिटी ब्युँताएर पार्टीलाई विधि अनुसार चलाउनु पर्छ भन्ने मान्यता सहित माधव नेपाल समुहमै रहेर सक्रिय हुनुहुन्छ ।’ माधव समुहकै एक केन्द्रिय सदस्य एवं सांसद भन्छन, ‘ तर भ्रम फैलाएर परिस्थिती आफ्नो अनुकुल देखाउन उहाँको नाम जोडेर अनर्गल प्रचार गरियो ।’
सांसदहरुमाथी कारवाहीको डण्डा चलाउने ओलीको निर्णय लगत्तै नेता विष्टले त्यसको विरोध गरेका थिए । उनले फेसबुक मार्फत आफ्नो मत प्रस्तुत गर्दै विनाकारण एकतर्फी रुपमा बढाइएका कारबाहीका श्रृखंलाहरुले पार्टी एकतामा गम्भिर संकट पैदा गरेको उल्लेख गरेकाछन् । विचार र विधीबाट मात्रै पार्टी संचालन गर्नुपर्ने भन्दै नेता विष्टले अदालतको फैसला अनुसार एमालेका तत्कालिन कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न आग्रह समेत गरेका छन् ।
यसैबीच एकाध मिडियाले भने गोकर्ण विष्ट ओली पक्षमा लागेको आशय दिने खवरलाई व्यापक बनाउन भरमग्दुर प्रयास समेत गरिएको थियो । ‘लोकप्रिय नेताको नाम जोडेर खवर फैलाएर आफुलाई बलियो देखाउने गरि प्रचार गर्न खोजेको देखिन्छ ।’ ती नेता भन्छन्, ‘ तर यस्ता भ्रम फैलाउँदैमा सत्य बललिदैन, हिजो साँझको छलफलमा हामी सँगै थियौं । हाम्रो पक्षले उठाउँदै आएको विचार र विधिबाट पार्टी सञ्चालन गर्ने मान्यतामै उहाँ स्पष्ट हुनुहुन्छ ।’