गल्यो श्रम मन्त्रालय, सिन्डिकेट फर्किने पक्का ! - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

गल्यो श्रम मन्त्रालय, सिन्डिकेट फर्किने पक्का !



काठमाडौँ – मलेसियासँग श्रम सम्झौतालाई अन्तिम रुप दिने तयारी भएको छ । आगामी शुक्रबार नेपाल र मलेसियाका प्रतिनिधिको बैठक बसेर सम्झौताको ड्राफ टुुङ्ग्याउने तयारी भएको हो ।

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्ण ज्ञावलीसहितको तीन सदस्यीय टोली बुधबार मलेसिया जाँदैछ । नेपाली प्रतिनिधिले मलेसियामा श्रम सम्झौतालाई अन्तिम रुप दिने र त्यसअघि नेपाली कामदार खुलाउने प्रक्रियाका बारेमा समेत छलफल गर्ने छन् ।

श्रममन्त्री गोकर्ण बिष्टले खारेज गरेको संस्थाबाटै भिसा लगाएर टोली मलेसिया जान लागेको हो । भिएलएनबाटै भिसाको प्रक्रिया मिलाएर टोली मलेसिया उड्न लागेको हो । नेपालले खारेज गरेका संस्था समेत मलेसियाले पुनः ब्युुउँत्याउने तयारी गरेको श्रोतले जानकारी दिएको छ ।

श्रमिक लिने १४ देशमा एउटै प्रक्रिया रहेकाले नेपालसँग मात्रै ती संस्था खारेज गर्न नसकिने बरु नेपाली कामदार नै बन्द गर्ने तयारीमा मलेसिया पुुगेपछि मन्त्री बिष्ट अप्ठेरोमा परेका हुन् । यो अवस्था आएपछि तत्कालका लागि यहि प्रक्रियाबाट कामदार पठाउने गरी सहमति गर्ने तयारीमा पुुगेको मन्त्रालय श्रोतले जनाएको छ ।

मलेसियाको सिन्डिकेट तोड्न र कामदारलाई आर्थिकभार पार्ने कार्य बन्द गर्न भन्दै स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया लगायतका काम गर्ने संस्था खारेज गर्ने निर्णय भएको थियो ।

निर्णयसँगै नेपाली कामदार मलेसिया जाने प्रक्रिया समेत बन्द भएको छ । चार महिनापछि ती संस्था ब्युुँताएर फेरि कामदार पठाउने अवस्थामा श्रम मन्त्रालय पुुगेको हो ।