टेकुमा खुल्यो गोदरेज मोडुलर किचनको शाखा: ऋचाले गरिन उद्घाटन - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

टेकुमा खुल्यो गोदरेज मोडुलर किचनको शाखा: ऋचाले गरिन उद्घाटन



काठमाडौँ- एसपी इन्टेरियो सोलुसन प्रा.लि.ले गोदरेज मोडुलर किचनको नयाँ शाखा टेकुमा खोलेको छ । नेपालको आठ स्थानमा शाखा विस्तार गरिसकेको एसपी इन्टेरियोले बुधवार टेकुमा नयाँ शाखा खोलेको हो ।

बुधबार एक कार्यक्रमका बीच अभिनेत्री ऋचा शर्माले उक्त शाखाको उद्घाटन गरेकी छन् । यसअघि काठमाडौँ, भैरहवा, बारा, रुपन्देही, पोखरा र गैँडाकोटलगायतका सहरमा सात वटा शाखा विस्तार गरिसकेको एसपी इन्टेरियोको यो आठौँ शाखा हो ।

गोदरेजको नेपालतर्फ एकल आधिकारिक वितरक एसपी इन्टेरियोले आफ्नो डिलरसिप र च्यानल पार्टनरसिप नेप्का इन्टेरियोलाई प्रदान गरेको छ ।

किचेन विभिन्न ६ प्रकारका अत्याधुनिक प्रविधिबाट निर्माण गर्न सकिने, धेरै कलरहरूमा छनौट गर्न सकिने तथा निःशुल्क मर्मत सुविधा दिने र धेरै वर्षसम्म टिकाउ हुने हुँदा अन्य किचेन भन्दा मूल्यको हिसाबले धेरै सस्तो पर्ने कम्पनीको भनाई छ ।

स्टिल बेस्ड सामग्रीहरू रहने भएकोले सड्ने वा बिग्रिने डर नहुने र एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने भएकाले अरू इन्टेरियर कम्पनीभन्दा आफूहरू फरक भएको प्रबन्ध निर्देशक प्रकाश खड्काले बताए । कम्पनीका सामग्रीमा १५ वर्षको पूर्ण वारेन्टी रहेको र सामग्री पनि एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने उनको भनाई छ ।

यसैगरी, यो किचन किरा, साङ्ला, धमिराबाट पूर्णरुपमा सुरक्षित हुनुका साथै मर्मत तथा सम्भार गर्न सजिलो रहेको र किचनमा खाना पकाउँदा प्रयोग हुने तेल, पानी, आगोको जोखिमबाट मुक्त रहेको कम्पनीले जनाएको छ ।