गोविन्दराज जोशीले दिएको उम्मेदवारी खारेज, रामचन्द्रलाइ सहज - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

गोविन्दराज जोशीले दिएको उम्मेदवारी खारेज, रामचन्द्रलाइ सहज



काठमाडौं, कार्तिक १८ ।

अन्ततः निर्वाचन आयोगले तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले दिएको उम्मेदवारी खारेज गरेको छ ।

आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । तनहुँस्थित मुख्य निर्वाचन अधिकृतले जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा आयोगबाट निर्देशन माग गरेको थियो । सोही सम्बन्धमा आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी बदर गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।