डा केसीको अनसनको आठौँ दिन, सरकारी बार्ताटोली झारो टार्दै - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

डा केसीको अनसनको आठौँ दिन, सरकारी बार्ताटोली झारो टार्दै



 

काठमाडौँ, १७ साउन ।

प्रा.डा. गोविन्द केसीको ११ औँ आमरण अनशनको आज आठौँ दिन पुग्यो ।

सोमबार सरकार र उनका प्रतिनिधिबीच भएको चौथो चरणको वार्ता पनि निष्कर्षहीन भएको छ ।

यसअघिका तीन चरणका वार्तामा जस्तै सरकारी वार्ता टोलीले केसीको माग आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भएको बताएका थिए ।

सोमबारको वार्तामा चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. जगदीशप्रसाद अग्रवाललाई समेत आमन्त्रण गरिएको थियो ।

सोमबारको वार्तामा डा. केसीको प्रमुख माग ‘आफूले दिएको सुझावसहित चिकित्सा शिक्षा ऐन संसदबाट अविलम्ब पारित गर्नुपर्ने’ विषयले प्रवेश नै नपाएको केसीपक्षीय वार्ता टोलीले बताए ।

‘आजको वार्तामा कुनै प्रगति भएन,’ वार्तामा संलग्न केसीका प्रतिनिधि डा अभिषेकराज सिंहले भने, ‘ऐनका विषयमा भोलि मङ्गलवार छलफल हुने भनिएको छ, हेरौं के हुन्छ ।’ वार्तामा आईओएमको स्वायत्तताबारे डिन अग्रवालसँग सरकारी पक्षले छलफल गरेका थिए ।

आजको कान्तिपुर दैनिकका अनुसार आईओएमलाई आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्तता दिए काम गर्न सजिलो हुने डा अग्रवालले जनाएका थिए ।