१५ पटकमात्रै बल छुँदा गोल र जीत एकैसाथ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

१५ पटकमात्रै बल छुँदा गोल र जीत एकैसाथ



इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको मिलान डर्बीमा इन्टर मिलान विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई १–० ले हराएको हो ।

इन्टरको जितमा कप्तान माउरो आइकार्डीले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो । २२२ औँ मिलान डर्बीमा इन्टरका लागि अर्जेन्टाइनी आइकार्डी नायक बने ।

पूरै खेलभरि १५ पटक मात्रै बल छुन पाएका आइकार्डीले विजयी गोल गरेका हुन् । जितपछि तेस्रो स्थानको इन्टर मिलानको ९ खेलबाट १९ अंक भएको छ । १२ अंक जोडेको एसी मिलान १२ औँ स्थानमा छ ।