ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैँक - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैँक



काठमाडौं- स्थापनाको डेढ शक नपुग्दै मुलुकका पुराना बैँकहरुलाई पछि पारेर ग्लोबल आइएमई बैँक मुलुककै ठूलो बैँक बनेको छ।

जनता विकास बैँकसँग मर्जर सफलतापूर्वक सम्पन्न भएपछि शुक्रबारबाट ग्लोबल आइएमई बैँकले संयुक्त कारोबार सुरु गर्ने खबर आजको कारोबार दैनिकले छापेको छ।

मर्जसँगै ग्लोबल बैँकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैँकले बिग मर्जरको चर्चा अघि बढाइरहँदा गम्भीरतापूर्वक मर्जरलाई अघि बढाउने एकमात्र बैँकका ग्लोबल आइएमई बनेको छ। यसले जनतासहित १८ बैँक तथा वित्तिय संस्थालाई एकआपसमा मर्ज गराइसकेको छ।

मर्जपछि बैँकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने कर्जा प्रवाह करिब १ खर्ब रुपैयाँ बराबर पुगेको छ।