द्वन्द्वकालीन दोषीलाई कारबाहीको माग गर्दै गोविन्द केसी राष्ट्र संघ पुगे - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

द्वन्द्वकालीन दोषीलाई कारबाहीको माग गर्दै गोविन्द केसी राष्ट्र संघ पुगे



काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका गोविन्द केसीले अब द्वन्द्वकालीन घटनाको विषयलाई पनि आफ्नो एजेन्डा बनाएका छन् ।

डा. केसीले अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सिनाको समर्थनमा द्वन्द्वकालीन घटनाका ‘दोषी’लाई कारबाहीको माग गर्दै संयुक्त राष्ट्र संघ र राष्ट्रिय

अभियान्त्रा डा गोविन्द्र केसीले जनआन्दोलनको घटनामा दोषी रहेकालाई कारवाहीको माग गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

डा केसीले बुझाएको ज्ञापन पत्रमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजारको ‘हत्या गरिएको’ भन्दै यसमा दोषी रहेका व्यक्तिलाई कारबाही हुनुपर्ने विषय उल्लेख गरिएको छ ।

डा केसीले द्वन्द्वपीडितले न्याय नपाएको, तर पीडकले हिंसा, भष्ट्राचार र कालोधनको बलमा सत्ता कब्जा गरेको आरोप समेत लगाएका छन् ।

‘आफ्नै देश, समाज र छरछिमेकमा भएका मानवता विरोधी अत्याचारबाट पीडित व्यक्तिले न्याय नपाएको, बरु हिंसा, प्रतिहिंसा, भ्रष्टाचार र कालोघनको बलमा सर्वसत्ता कब्जा गर्न सफल आततायी पीडक पक्ष कै रजगज झन झन घनीभूत हुँदै गएको स्थितिले हामीलाई अत्यन्तै चिन्तित बनाएको छ,’ डा केसीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

मानवअधिकार आयोगमा बुझाएको ज्ञापनपत्र :