१५ थान मोबाइल सहित, गाडीमा पकेट मार्ने गिरोह पक्राउ - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

१५ थान मोबाइल सहित, गाडीमा पकेट मार्ने गिरोह पक्राउ



काठमाडौं । राजधानीको विभिन्न स्थानमा चोरी तथा लुटपाट गर्ने समुहलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले पक्राउ गरेको छ ।

उनीहरुले राजधानीको थानकोट, कलंकी, सुन्धारा, रत्नपार्क, चावहिल लगायत क्षेत्रमा पकेट मार्दै आएका थिए ।

प्रहरीले ५ जना पकेटमार सहित १७ थान मोबाईल बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा वैतडी जिल्ला देउमाडौं नगरपालिका ५ घर भएका कबिन्द्र बोहरा, सुन्सरी जिल्ला भोटेपुल नगरपालिका १६ घर भएका विनोद गुरुङ, सिन्धुली जिल्ला डकाहा २ घर भएका कान्छा थापा मगर, सोही स्थानकै कुमार थापा मगर र सिन्धुपाल्चोक ल्लिा मानेश्वर नगरपालिका १ घर भएका देव बहादुर राउत रहेका छन् । उनीहरुसवै चन्द्रागिरी नगरपालिका ११ सतुङ्गल बस्दै आएका थिए ।