रोबोटले मन्त्री गिरिराजमणि पोखरेललाई बोलाएपछि… - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

रोबोटले मन्त्री गिरिराजमणि पोखरेललाई बोलाएपछि…



‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले ।

अतिथिहरुलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरुको ध्यान पनि मञ्चतर्फ नै मोडियो । कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाक्पटासीमा सजिएकी फूलमाया । अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन् । सबै जना मञ्चमा आइपुगे । त्यसपछि फेरि उनैले एकएक नाम उच्चारण गर्र्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि । अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन् । अन्नपूर्ण पोस्टबाट