शिक्षामन्त्रीले राजीनामा देलान त ? - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

शिक्षामन्त्रीले राजीनामा देलान त ?



राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई)को लगातार दुई वटा विषयको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन गरेको छ । प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माको नेतृत्वमा गठित ३ सदस्यीय छानबीन समिति गठन गरिएको हो ।

प्रदेश दुईका कानूमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको राजीनामा माग गरेका छन् ।

यादवले संघले षड्यन्त्रपूर्ण तरिकाले प्रदेश २ लाई बदनाम गराउन खोजेको आरोप लगाए । यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबुर राउतले पनि यस्तै आरोप केन्द्र सरकारप्रति लगाएका थिए ।

संघबाटै प्रश्न पत्र आउट गराएर प्रदेशलाई बदनाम गराउन खोजेको उनको आरोप छ । प्रदेश २ का आठै जिल्लाका सुरक्षा निकायसँगसम्पर्क गर्दा प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको देखिएको भन्दै उनले संघ सरकारले नै यस्तो कार्य गराएकाले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

कानूनमन्त्री यादवले भने ‘एसईईको प्रश्नपत्र आउट हुनुमा प्रदेश सरकारको गल्ती नभई संघीय सरकारको गैरजिम्मेवारीपूर्ण रवैया हो, परीक्षा संघीय सरकारको सहकार्यमा भईरहेकोले शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ ।’

लगातार परीक्षा रद्द हुँदा विद्यार्थीलाई तनाव हुनुका साथै आर्थिक भार पर्ने भन्दै उनले चिन्ता व्यक्त गरे । प्रश्नपत्र बाहिरिएको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिहेको भन्दै उनले दोषीलाई कुनै पनि हालतमा नछाडिने बताएका छन् ।