२ लाख ७५ हजार घुससहित वडाध्यक्ष रङ्गेहात पक्राउ
हेटौंडा : महागढीमाई नगरपालिकमा–६ का वडाध्यक्ष रामजी प्रसाद बराई २ लाख ७५ हजार घुस रकम सहित कलैया–७ बाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले घुस रकमसहित वडाध्यक्षलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा हेटौंडाबाट खटिएको टोलीले वडाको एक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समितिसँग घुस लिँदै गर्दा अध्यक्ष बराईलाई मंगलबार पक्राउ गरेको अख्तियार कार्यालय हेटौंडाले जनाएको छ ।
घुससहित बराईलाई पक्राउ गरी मंगलबार साँझ अनुसन्धानको लागि हेटौंडा ल्याइएको राईले जानकारी दिएका छन् ।