म घुमुवा प्रहरी हु भन्दै सर्वसाधारणलाई कुटपिट
गणेश विक
बझाङको सदरमुकाम चैनपुरमा म घुमुवा प्रहरी हु भन्दै एक जना सर्वसाधारणलाई कुटपिट गरेका छन् ।
शनिवार सदरमुकाम चैनपुरमा लाग्ने बझाङ ऐतिहासिक तथा धार्मिक मेला सिलदेवी मेला हेर्न आएका जयपृथ्वी नगरपालिका वडा नं ९का दिलीप खड्कालाई सदरमुकाम चैनपुरमै कुटपिट गरेका हुन ।
जिल्लाको सदरमुकाम चैनपुरको वडा प्रहरी कार्यालयका कार्यरत घुमुवा प्रहरी लक्ष्मण बि,क,ले बिना कारण आफूमाथि कुटपिट गरेको बताएका छन् । विक,ले कुटपिट गर्दा खड्काको पुरै शरीरमा घाउ परेर हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
यस्तै केही महिना अगाडी विक, सदरमुकाम चैनपुर आसपासका बजारहरूमा जुवा खेलाउने र जुवा खेलेवाफत एक रातको दस हजार लिने गरेको सदरमुकाम चैनपुरका स्थानिवासिहरुले गुनासो गरेका छन् ।
खड्का र उनका साथीभाइ हरूलाई सदरमुकाम चैनपुरमै कुटपिट गरेको छ भन्ने खबर पाएपछि साईपाल पोस्टका प्रोष्टका प्रबन्ध निर्देशक पत्रकार गणेश विक समाचार सङ्कलन गर्न गएका पत्रकारलाई पनि घुमुवा प्रहरी विक र अरू सात आठ जना प्रहरीले पत्रकार बिकलाई कुटपिट गरेका छन् ।
प्रहरीले पत्रकार बि,कको शरीरमा गहिरो चोट लाग्नुका साथै मोबाइल पनि प्रहरीले फुटाई दिएका छन् ।
यसरी जनताको सेवाको सुरक्षा दिने प्रहरी नै सर्वसाधारण र पत्रकारलाई कुट्न थालेपछि बझाङका सर्वसाधारण त्रसित बनेका छन् ।