घुम्दैफिर्दै गुरुङकै पोल्टामा मुख्यमन्त्री पद - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

घुम्दैफिर्दै गुरुङकै पोल्टामा मुख्यमन्त्री पद



पोखरा । गण्डकी प्रदेशमा प्रदेश प्रमुख सीता पौडेलले सरकार गठनका लागिदिएको तीन दिनको समयावधि आज सकिदैछ । तर मुख्यमन्त्री पद भने घुम्दैफिर्दै पृथ्वीसुब्बा गुरुङकै पोल्टामा पर्ने देखिएको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुखले तीन दिन अगाडी आज सम्मको समयावधि दिएर दलहरुलाई सरकार गठनको आह्रवान गरेकी थिइन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ मा पदवाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८(२) अनुसार दुइृ वा दुई भन्दा बदी दलहरुलाई मिलेर बहुमतको सरकारका लागि दलहरुलाई आह्रवान गरेकी थिइन् ।

दिउँसो ४ बजेसम्म दलहरुले बहुमतको दावी सहित सरकार गठनको प्रयास गर्न सक्नेछन् । तर अहिलेसम्म कुनै पनि दलले बहुमत जुटाउन सकिरहेका छैनन । कांग्रेस, माओवादी र जसपाले काग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुमपा अगाडी सादै प्रयास गरिरहेका छन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन्। सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । स्वतन्त्रका एक सांसद दिपक मनांगे एमालेतिर नै छन् ।

राष्टिय जनमोर्चा सरकार गठनका लागि निर्णायक छ । जनमोर्चाका तीन सांसदमध्ये तीनै जनाले विपक्षी गठवन्धनलाइृ साथ दिएमा विपक्षीका तर्फवाट कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बन्न सक्नेछन् । तर जनमोर्चाका प्रदेश सभा दलका नेता कृष्ण थापाले केन्द्रको निर्देशन मानिरहेका छैनन । उनले विपक्षी गठवन्धनलाई साथ नदिएसम्म विपक्षीको सरकार बन्ने सम्भावना छैन ।

उनले कांग्रेसलाई साथ नदिने बताईसकेका छन् । पार्टीको कारवाही भोग्ने तर कांग्रेसलाई साथ नदिने उनको अडानका कारण गण्डकीमा बहुमतको सरकार बन्ने सम्भावना क्षीण छ ।

दलहरुले दिउँसो ४ बजेसम्म वहुमतको सरकारको दावी गर्न नसके संविधानको धारा १६८(३) अनुसारको प्रक्रियामा जानेछ । त्यसो हुँदा अहिलेकै कामचलाउ सरकारका मुख्यमन्त्री गुरुङ लाई नै सरकार बनाउने बाटो खुल्नेछ ।