घुमाउनेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

घुमाउनेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध



भरतपुर– चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ।

पहिरो पन्छाउने काम सुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए।

राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो। पहिरोले चितवनबाट काठमाडौं र पोखरा जाने तथा काठमाडौं र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ। यसअघि बिहीबार पनि सोही ठाउँमा पहिरो खसेर ५ घण्टा सडक रोकिएको थियो। रासस