घोडाघोडीमा एकदिने निशुल्क स्वास्थ शिविर सम्पन्न  - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

घोडाघोडीमा एकदिने निशुल्क स्वास्थ शिविर सम्पन्न 



सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा वृद्ध वृद्धाहरुलाई एक दिने निशुल्क स्वास्थ्य चेकजांच तथा अाैषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय स्वयंम सेवक दिवसका अवसरमा बुुधबार  वातावरण संरक्षण तथा विकाशिल समाज नेपालले वृद्ध वृद्धाहरुलाई एक दिने निशुल्क स्वास्थ्य चेकजांच तथा अाैषधि वितरण कार्क्रम सम्पन्न गरेेकाे हो ।

कारितास नेपालकाे सहयाेग तथा घोडाघोडी अस्पातालकाे समन्वयमा सम्पन्न भएकाे कार्यक्रममा घोडाघोडी नगरपालिकाका विभिन्न वडाका ६० वर्ष देखि ८५ वर्ष उमेरका ३५ जना वृद्ध वृद्धाहरुले स्वास्थ्य चेकजांच गराएकाे संस्थाका अध्यक्ष सुनिलराज सापकाेटाले वताए ।

शिविरमा घोडाघोडी अस्पतालका डाक्टर खेम चाैधरिले स्वास्थ्य जाँच गरेका थिए । चेकजांचमा अाउने धेरै विरामि दम,वाथ,नशा,प्रेसर,छाति र श्वासप्रश्वास सम्वन्धिका दिर्घ राेगि रहेकाे डाक्टर चाैधरिले वताए । उनिहरुलाई अावश्यक परामर्श र अाैषधि सेवन गर्न सुझाव दिएकाे समेत डाक्टर चाैधरिले बताए ।

स्वास्थ शिविरमा घोडाघोडी अस्पतालले निशुल्क विशेषज्ञ सेवा प्रदान गरेकाेमा अस्पताल तथा डाक्टर चाैधरि लगायत स्वयम् सेवि र अन्य युवाहरुलाई संस्थाले प्रशंसा पत्र प्रदान गरेकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि घाेडाघाेडि नगरपालिकाका उपमेयर प्रेम कुमारि थापाले स्वयम् सेवक दिवसका अवसर पारेर अार्थिक अभावका कारण उपचार गराउन नसकेका वृद्ध वृद्धाहरुको लागि  संस्थाले विशेषज्ञ सहितकाे स्वास्थ शिविर संचालन गरेर प्रशंसनीय कार्य गरेकाे बताईन ।