घोडाघोडीमा पशु चौपाया ब्यवस्थापनका लागि लाखौं रकम स्वाहा !, सयौंको संख्यामा चौपाया मृत फेला ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घोडाघोडीमा पशु चौपाया ब्यवस्थापनका लागि लाखौं रकम स्वाहा !, सयौंको संख्यामा चौपाया मृत फेला !



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिकाले छाडा पशुचौपायाहरुको व्यवस्थापन राम्रो सगँ गर्न नसक्दा सयौं चौपायाहरु मरेका छन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर ८ स्थित रास्ट्रीय बनमा
गोठको ब्यवस्थापन गरि राखिएको भनिएपनी
खाना र पानी नपाएपछी रास्ट्रीय जनवार गाई सयौंको संख्यामा मरिरहेका हुन् ।

नगरपालिका भित्र रहेका छाडा पशु चौपायालाइ ब्यवस्थापन गर्ने भन्दै घोडाघोडी नगरपालिकाले गत साउन महिनामा वडा नम्बर ७ का अध्यक्ष धन बहादुर बमको संयोजकत्वमा छाडा पशुचौपाया ब्यवस्थापन समिती गठन
गरेको थियो । पशुचौपायाहरु हेर्नको लागी मासिक १२ हजार तलब दिइ गोठमा ५ जना गोठालाहरु समेत राखेको छ ।

छाडा पशु चौपाया ब्यवस्थापनका लागि समिती गठन गरिएपनि उनिहरुलाइ चाहिने पानी र आहाराको ब्यवस्थापन हुन नसक्दा चौपायाहरु धमाधम मरिरहेको हेरालु लाल सिङ धामिले हिमाल पोस्टलाई बताए । उनले भने , पशुचौपायाको ब्यवस्थापन गर्नका लागि रास्ट्रीय बनमा गोठ बनाइ राखिएपनि उनीहरुलाई खानाको लागि आहार र पिउनको लागि पानीको उचित ब्यवस्था नहुदा मर्दै गएका छन् ।’

समितिका पधाधिकारीहरुलाई पटक पटक गाई गोरुहरु मरीरहेको जानकारी दिए पनि उनिहरुले वास्ता नगरेको अर्का हेरालु भोज बहादुर चौधरीले बताए । छाडा पशुचौपायाहरुलाई चराउदा जंगलमा घाँस सकिएर सुकेको पात समेत खाइ त्यो पनि नदेखिएको चौधरीले बताए । चौधरीले आफुहरुको लागि बस्ने व्यवस्था समेत राम्रो नभएकोले पानी पर्दा त्रिपालबाट पानी चुहिने गरेको सुनाए । उनले भने , ‘ खाना र पानी नपाएर यहीँ मरेका चौपायाहरु मध्य कुनैलाई बाहिर लगेर फालेका छौँ तर , लैजान नसक्ने चौपायाहरु यहि हुँदा आफू बस्ने ठाउँमा समेत दुर्घन्धित भएको र १२ हजार तलबको लोभले हामी पनि बिरामी हुने अवस्थामा पुगेका छौं ।” उनले आफुहरुलाई खानेपानीको समेत ब्यवस्था नभएको दुखेसो पोखे ।

त्यस्तै घोडाघोडी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा छाडा पशु चौपाया ब्यवस्थापन समितिका सदस्य भिम बोगटीले आफुले नगरपालिकाको हरेक कार्यपालिका बैठकमा बारम्बार पशुचौपाया ब्यवस्थापन गर्न तर्फ संवेदनशील हुन आग्रह गरेपनि आफ्नो कुरालाइ बेवास्ता गरिएको हुनाले पशु चौपायाहरु मरेको बताए ।
छाडा पशु चौपायाका लागि घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०७५ /०७६ मा ३० लाख बजेट बिनियोजन गरेको र अहिलेसम्म लगभग १५ लाख जति खर्च भइसकेको समितिका सदस्य बोगटीले बताए ।

यता घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले आफुहरुको कमजोर ब्यवस्थापनका कारण गाइबस्तु मरेको स्वीकार गर्दै आफुहरुले नैतिक जिम्मेवार लिने बताए । नगर प्रमुख चौधरीले चरिचरन , पिउने पानी तथा चिसोको कारण यस्तो समस्या आएको हुनाले छिट्टै समाधान गर्न लागिपर्ने बताए । स्थानीयहरुले गाइबस्तु बढी छोडेको हुनाले नछाड्ने बाताबरण बनाउनको लागि सर्भे गरि ट्यागिङ्ग गर्ने तयारी गरेको बताए । नगरपालिकाले ४ ठाउँमा पशु चौपायाको ब्यवस्थापन गरेको र अब राम्रो ठाउँ हेरेर सबैलाई एकै ठाउँमा फरक ढंगले पशु ब्यवस्थापनमा लाग्ने जिकिर गरे ।