घोडाघोडी ताल क्षेत्रमा अजिङ्गर छोडियो - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

घोडाघोडी ताल क्षेत्रमा अजिङ्गर छोडियो



बिशाल पाण्डेय / सुखड ,कैलाली ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेको कैलालीको घोडाघोडी ताल क्षेत्रमा आज एउटा अजिङ्गर छोडिएको छ ।

घोडाघोडी नगरपालिका- ४ रामपुरको श्रीराम सामुदायिक वनबाट उद्धार गरी ल्याइएको करिब ५६ के.जी को अजिङ्गर घोडाघोडी ताल क्षेत्रमा छोडिएको हो ।

सामुदायिक वनमा मंगलबार च्याउ खोज्न गएका सिताराम चौधरीले उक्त अजिङ्गर देखेपछि श्री राम सामुदायिक वनका सचीव मंगल चौधरीलाई खबर गरेका थिए । आफुले खबर पाए लगत्तै सचीव चौधरीले ईलाका वन कार्यालय सुखडलाई अजिङ्गर बारे जानकारी गराए ।

जानकारी पाउने बित्तिकै श्री राम सामुदायिक वनका
पदाधिकारीहरु तथा इलाका वन कार्यालय सुखडको टोलीले उक्त अजिङ्गरलाई नियन्त्रणमा लिइएको थियो ।

मंगलबार नियन्त्रणमा लिइएको अजिङ्गरलाई आज घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाही, वडा नं ४ का अध्यक्ष टेक बहादुर बुढा , इलाका वन कार्यालय सुखडका ज्ञानु चौधरी, राजु निनेल , घोडाघोडी संरक्षण तथा जनजागरण मचंका अध्यक्ष दिपेन्द्र बहादुर शाही , विसिएनका हिरुलाल डगौरा , इलाका प्रहरी कार्यालय सुखडका प्रतिनिधि लगाएतको रोबहरमा घोडाघोडी ताल क्षेत्रमा छोडिएको हो ।