घोडाघोडीमा ३१ जनामा कोरोना संक्रमण, कुन वडामा कति ? - Himal Post Himal Post
  • २९ कार्तिक २०८२, शुक्रबार
  •      Fri Nov 14 2025
Logo

घोडाघोडीमा ३१ जनामा कोरोना संक्रमण, कुन वडामा कति ?



विशाल पाण्डेय/कैलाली-
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका १ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ।

कुन वडामा कति संक्रमित ?

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा घोडाघोडी नगरपालिका वडा नं १ का ३ महिला १ पुरुष गरी ४ जना, वडा नं २ का ३ जना पुरुष , वडा नं ५ का २ जना पुरुष र वडा नं १० का ११ जना महिला तथा ११ पुरुष गरी २२ जनामा कोरोना पुष्टि भएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतले जानकारी दिए ।

उनिहरु केही दिन अगाडी भारत बाट सिधै आएर होम क्वारेन्टिमा बसेका थिए । संक्रमित व्यक्तिका घर परिवारको साथै उनिहरुको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरी परिक्षण गरीने स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतले बताए ।

उनिहरुको स्वास्थ्य अवस्था हेरी आईसोलेशनमा राखिने बताईएको छ । यो संगै घोडाघोडीमा कोरोना संक्रमितको संख्या ८२ पुगेको घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।