भारतबाट आएका तिनजना घोडाघोडीको क्वारेन्टाइनमा

विशाल पाण्डेय, सुखड/कैलाली
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले संचालनमा ल्याएको क्वारेन्टाइनमा तीन जना सम्पर्कमा आएका छन् ।
भारतको हल्दुवानी बाट आएका उनीहरुलाई नगरपालिकाले घोडाघोडी क्याम्पसको हलमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु घोडाघोडी नगरपालिका -८ का बासिन्दा रहेको र उनिहरुलाई निर्धारित समयसम्म क्वारेन्टाइनमा राखिने घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत उमेशराज रेग्मीले बताए ।
उनिहरुलाई क्वारेन्टाइनमा खाना र बस्नको कुनै समस्या हुन नदिने क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य टेकराज आचार्यले जानकारी दिए । कोरोना रोकथामको लागि भारत लागाएत तेस्रो मुलुक बाट आएकाहरुलाइ पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको घोडाघोडी नगरपालिकाका प्रवक्ता मनराज शाहीले बताए ।
उनिहरुमा अहिले केही पनि लक्षण नदेखिएपनी पछि देखिन सक्ने र अन्य मानिसहरु पनि सुरक्षित रहने हुँदा सम्झाइ बुझाइ गरेर करिब १४ दिनसम्म क्वारेन्टाइनमा राखिने घोडाघोडी नगरपालिका स्वास्थ शाखाका संयोजक कैलाश बहादुर रावतले हिमाल पोस्टलाई जानकारी दिए ।
कोरोनाको सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसको लक्षण देखापरेका र शंकास्पद मानिसहरुलाई परामर्श तथा राख्नको लागि क्वारेन्टाइन संचालनमा ल्याएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा ५ पुगेको छ ।

