घोडाघोडी पूर्व विद्यार्थी समाजद्वारा तिजको अवसरमा शुभकामना आदनप्रदान - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

घोडाघोडी पूर्व विद्यार्थी समाजद्वारा तिजको अवसरमा शुभकामना आदनप्रदान



बिशाल पाण्डेय / ललित जाग्री ।
कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका -१ सुखडमा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरुको छाता संगठन घोडाघोडी पूर्व विद्यार्थी समाजको आयोजनामा हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा काठमाडौंमा तीज बिशेष शुभ-कामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

पूर्व र्बिद्यार्थी समाजका अध्यक्ष दिनेश लामिछानेको सभापतित्वमा सम्पन्न भएको तीज बिशेष शुभ-कामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि घोडाघोडी नगरपालिका वडा न. ४ का वडाध्यक्ष टेक बहादुर बुढा रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिहरुमा घोडाघोडी नगरपालिका वडा न. ८ का वडाध्यक्ष भिम बहादुर बोगटी , घोडाघोडी बहुमुखी क्याम्पसका उप-प्रध्यापक चेतराज बिनाडी, घोडाघोडी बहुमुखी क्याम्पसका पुर्व अध्यक्ष बालकृष्ण न्युरे रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णु बिष्ट ,नेपाली कांग्रेसका प्रतिनिधि यज्ञनिधि कोइराला, नेत्री तथा समाजसेवी रमा आचार्य, समाजसेवी जीवन अधिकारी, पुर्व विद्यार्थी तथा सहिद स्मारक कलेजका उप-प्रध्यापक डबल बम ,व्यापारी तथा बुद्धिजीवी डबल शाह, समाजसेवी जिवन अधिकारी,युवा व्यापारी गङ्गा रिजाल लगायत रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै
घोडाघोडी नगरपालिका वडा ४ का वडाध्यक्ष टेक बहादुर बुढाले आफु सधैं घोडाघोडी क्याम्पसको हितको लागि बोल्दै आएको र आगामी दिनमा पनि बोली रहनुका साथै घोडाघोडी क्षेत्रको बिकासको लागि यो बौद्धिक जमात बाट आशा गरेको उहाँले बताउनुभयो।

त्यस्तै बिशिस्ट अतिथिको आशन बाट बोल्दै घोडाघोडी नगरपालिका- ८ का वडाध्यक्ष भिम  बोगटिले क्याम्पसको स्थापनाकालमा गरेको संघर्ष सम्झिदै आज क्याम्पस यो अवस्थामा पुगेको देख्न पाउँदा हर्षित भएको बताउनु भयो । साथै घोडाघोडी बहुमुखी क्याम्पसका पुर्व अध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अथिति बालकृष्ण न्युरेले पुर्व बिद्यार्थीले गरेको यस कार्यक्रम सराहनीय भएको र यस्ता रचनात्मक कार्य प्रती सधै आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

त्यस्तै घोडाघोडी बहुमुखी क्याम्पसका उप-प्रध्यापक चेतराज बिनाडीले घोडाघोडी बहुमुखी क्याम्पस अब चाँडै सु.प.को आङ्गिक क्याम्पसमा जान लागेको र सबै पक्ष बाट सहयोग रहेर आवश्यक पुर्वाधार तयार गर्न सके छिट्टै QAA प्रमाणित क्याम्पस हुने बताउनुभयो ।

अतिथिको आसनबाट बोल्दै पुर्व बिद्यार्थी तथा सहिद स्मारक कलेजका उप-प्रध्यापक बमले आफू सङ्ग रहेको बौद्धिक जमात क्याम्पसको हितमा हिजो देखि काम गर्दै आएको र निकट भबिस्यमा पनि क्याम्पसले आवश्यकता महसुस गरेमा सदैब तयार रहेको बताउनु भयो । साथै व्यापारी तथा बुद्धिजीवी डबल शाहले आफुले यो बौद्धिक जमात सङ्ग सहकार्य गरि घोडाघोडी क्षेत्रको बिकाश गर्ने प्रतिबद्धता समेत गर्नुभएको थियो ।

काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय घडीभवन अगाडी सम्पन्न भएको तीज बिशेष शुभ-कामना आदानप्रदान कार्यक्रमको मुख्य योजना भरत सापकोटाले गर्नु भएको थियो । घोडाघोडी बहुमुखी क्याम्पसका पुर्व बिद्यार्थी लक्ष्मी कडेलको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन पुर्व बिद्यार्थी दिनेश बहादुर बमले गर्नु भएको थियो ।