घोडाघोडी नगरपालिकाले प्रकोप व्यवस्थापन कोष संचालनमा ल्यायो, सहयोग गर्न सम्पूर्णमा आह्वान - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

घोडाघोडी नगरपालिकाले प्रकोप व्यवस्थापन कोष संचालनमा ल्यायो, सहयोग गर्न सम्पूर्णमा आह्वान



सुखड,कैलाली । जिल्लाको घोडाघोडी नगरपालीकाले स्थानीय तह प्रकोप व्यवस्थापन कोषको स्थापना गरी बिहवार देखि सञ्चालनमा ल्याएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा उपचार लगाएत प्राकृतिक प्रकोप व्यवस्थापनका लागी घोडाघोडी नगरपालीकाद्बारा स्थानीय तह प्रकोप व्यवस्थापन खाता संचालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरको स्थानीय तह प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गरी सहयोग गर्न चाहने इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले स्वेच्छिक रुपमा रकम जम्मा गर्न सकिने एक सुचना जारी गरि गर्दै विपदको बेलामा सबैको सहयोग र सहकार्य अपरिहार्य हुने हुदा सम्पूर्णमा सहयोगका लागि आह्वान समेत गरिएको छ ।

उक्त खातामा जम्मा हुने सम्पूर्ण रकम नगरपालिकाले स्थानीय प्रकोप व्यवस्थापनमा मात्रै खर्च गर्ने घोडाघोडी नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिए । कृषि विकास बैंकको खाता नम्बर ०८२२३००४१११५११४५ मा नगरपालिकालाई सहयोग गर्न सकिने छ ।