घोडाघोडी ताल क्षेत्र प्रचारप्रसारका लागि महोत्सव , तयारी तीब्र - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

घोडाघोडी ताल क्षेत्र प्रचारप्रसारका लागि महोत्सव , तयारी तीब्र



विशाल पाण्डेय / सुखड ,कैलाली ।
विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र घोडाघोडी ताल क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको छ । “कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्घ घोडाघोडी विकासको आधार” भन्ने मुल नाराका साथ कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा महोत्सवको आयोजना गरिएको हो ।

घोडाघोडी उद्योग वाणिज्य संघको आयोजना र घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउद्देश्य युवा मञ्चको सह–आयोजनामा घोडाघोडीको पर्यटन प्रवर्द्धनका लागि
यहि माघ १४ देखी २३ गते सम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

करिब एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने र दुई करोडभन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको
महोत्सवमा बालउद्यान, रमाइलो मेला, थारु गाउँ, मगरगाउँका साथै १०० भन्दा बढी व्यापारिक स्टल रहने
घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष तथा घोडाघोडी महोत्सवको मुल आयोजक समितीका संयोजक जियालाल आचार्यले हिमाल पोस्टलाई जानकारी दिए । उनले भने ,
स्टलहरुमा पनि घोडाघोडी झल्कने तस्बिरहरुको प्रयोग गरिने छ र महोत्सवबाट संकलित रकम उद्योग वाणिज्य संघको भवन निर्माण तथा पर्यटन प्रवर्द्धनमा प्रयोग गरिन्छ ।’

महोत्सवमा स्थानिय देखी राष्ट्रिय कलाकारहरुको टुङ्गो लागिसकेको घोडाघोडी महोत्सवका सांस्कृतिक संयोजक पि.आर. भण्डारीले जानकारी दिए ।

त्यस्तै महोत्सवका लागि मुख्य प्रयोजक तथा प्रायोजकहरु संग सम्झौता, आर्थिक संकलन, सिजनल टिकट बिक्री गर्ने काम भईरहेको घोडाघोडी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव आर्थिक संयोजक नन्दराम सापकोटाले जानकारी दिए ।

महोत्सवको तयारी तीब्र रुपले अगाडि बढेको बताउदै घोडाघोडी उद्योग वाणिज्य संघको महासचिव तथा महोत्सव अनुगमन समितिका संयोजक धिरेन्द्र कठायतले गेट निमार्ण ,रमाइलो मेला देखी मचं व्यवस्थापनको काम भइरहेको जानकारी दिए ।

बिभिन्न संस्कृति झल्कने झाकी समेत प्रस्तुत गरिने महोत्सवमा विद्यार्थीका लागि रु. ४० र अन्यका लागि ५० रुपैयाको टिकट लाग्नेछ भने अपांग तथा वृद्ध वृद्धाहरुलाई नि: शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।