घोडाघोडी नगरपालिका-५ मा पनि मनाइयो ३९ औं राष्ट्रिय बाल दिवस - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घोडाघोडी नगरपालिका-५ मा पनि मनाइयो ३९ औं राष्ट्रिय बाल दिवस



ललित जाग्री
देवकलिया ,कैलाली । “सुख नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार” भन्ने मुल नाराका साथ ३९ औं राष्ट्रिय बाल दिवस आज देशभर मनाइएको छ ।

त्यसै क्रममा कैलालीको घोडाघोडी नगरपालिका-५ देवकलियामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पनि आज ३९ औं राष्ट्रिय बाल दिवस तथा सार्वजनिक लेखापरिक्षण प्रतिवेदन कार्यक्रम मनाइएको छ ।

सामाजिक एकता मञ्चका अध्यक्ष पहले सहकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिका वडा न.५ का वडाध्यक्ष प्रेम बहादुर रोकाया, विशिष्ट अतिथि स्रोत व्यक्ति राजकिशोर लाल कर्ण रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जीत बहादुर चौधरी, पूर्व अध्यक्ष तथा समाजसेवी मान बहादुर शाही, समाजसेवी गणेश बहादुर चन्द, राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका प्रधानाध्यापक लछीराम चौधरी लगायतका रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै वडाध्यक्ष प्रेम बहादुर रोकायाले शिक्षा समाज रुपान्तरणको संवाहक भएकोले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्नका विद्यालयमा विद्यार्थी, शिक्षक संगै अभिभावकको पनि उपस्थिति रजिस्टर राख्नु पर्ने, सामाजिक सञ्जालको दुरुपयोग रोक्नु पर्ने र शिक्षक,अभिभाबक र विद्यार्थी बिच एक अर्का लाई दोसापरण गर्ने काम रोक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बालबालिकाहरूले आ- आफ्नो प्रस्तुतिहरु समेत प्रस्तुत गर्नु भएको थियो भने उत्कृष्ट अभिभावकको रुपमा सुना खड्का र दुर्गा जाग्री लाई नगद सहित सम्मान समेत गरिएको थियो । सोहि कार्यक्रममा आर्थिक बर्ष २०७४/०७५ को सामाजिक लेखा परिक्षण प्रतिवेदन तथा आर्थिक बर्ष २०७४/०७५ को रु. ७९ लाख ५ हजार ९ सय २१ बराबरको आयव्यय पनि प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र बहादुर बमको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हेमराज ओझाले गर्नु भएको थियो ।