कैलालीको घोडाघोडीमा हाइस दुर्घटना - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

कैलालीको घोडाघोडीमा हाइस दुर्घटना



विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका – १ घोडाघोडी मन्दिर नजिकै मंगलबार बिहान करिब ७:४५ बजे
महेन्द्रनगर बाट नेपालगंज जादै गरेको म १ ज १४२ नम्बरको हाईस दुर्घटना हुदा दुई जना गम्भीर घाईते भएका छन ।

गम्भीर घाईते हुनेहरुमा कंचनपुरको शुक्लाफाटा नगरपालिका -५ वनसमिति गाउँका वर्ष २४ की लक्ष्मी रावल र बेदकोट नगरपालिका ७ लालपुर गाउका वर्ष ३५ की टिका देबी डगौरा रहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्ष राज जोशीले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख जोशिका अनुसार, ‘ हाइसले साईकल यात्रीलाई बचाउने क्रममा अनियन्त्रित भई घोडाघोडी मन्दिर नजिकै दुर्घटना भएको हो ।’ दुर्घटनामा परि घाईते हुनेहरुको घोडाघोडी अस्पतालमा उपचार गरि थप उपचारका लागि नेपालगन्ज पठाउने तयारी भएको जोशीले जानकारी दिनभयो । भ्यानमा सवार अन्य ९ जनाको अवस्था सकुलसल रहको र आफ्नो गन्तव्यमा लागेको प्रहरीले जनाएको छ । हाईसका चालक अहिले इलाका प्रहरी कार्यलय सुखडको नियन्त्रणमा रहेका छन ।