घोडाघोडी नगरपालिका -८ मा झुल बितरण - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

घोडाघोडी नगरपालिका -८ मा झुल बितरण



विशाल पाण्डेय / सुखड ,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नं ८ दिपनगरमा बुधबार कीटनासक युक्त झुल बितरण गरिएको छ ।

ग्लोवल फण्ड , नेपाल सरकार स्वास्थ मन्त्रालय , रोग तथा औलो नियन्त्रण महाशाखा र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामिण बिकास आधार मार्फत नि:शुल्क कीटनासक युक्त झुल बितरण गरिएको हो ।

सन् २०१६ को सुक्ष्म विश्लेषणको आधारमा औलो तथा मलेरिया उच्च जोखिममा रहेका गाबिस तथा नगरपालिकाका विभिन्न वडाहरुमा झुल बितरण कार्यक्रम गरेको ग्रामिण विकास आधार कैलालीका फिल्ड इन्चार्ज सुरेन्द्र जोशिले बताउनु भयो । घोडाघोडि नगरपालिका वडा नं ८ मा पनि दुई ब्यक्ति बराबर १ झुलको नियम अनुसार करिब ७ हजार झुल बितरण गरिएको जोशिले हिमाल पोस्ट लाई जानकारी दिनु भयो ।

लामखुट्टेबाट सर्ने रोगहरुबाट राहत मिलोस भन्ने उद्धेश्यका साथ झुल बितरण गरिएको कार्यक्रमको घोडाघोडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष भिम बहादुर बोगटीले स्थानीयलाई झुल बितरण गरि उद्घाटन गर्नु भएको थियो ।