घोडाघोडीको गाडीमा आगजनी: घटनामा संलग्नलाई कारबाहीको माग - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

घोडाघोडीको गाडीमा आगजनी: घटनामा संलग्नलाई कारबाहीको माग



विशाल पाण्डेय / कैलाली –

कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको प्रती घोडाघोडी नगरपालिकाले घोर भत्सर्ना जनाएको छ ।

नगरपालिकाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटना संलग्न व्यक्तिहरुको खोजीकार्य गरि कानुन अनुसार कारबाही गर्न माग गर्दै घोर भत्सर्ना जनाएको हो ।

घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीद्बारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भुखाली टोलमा रहेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहको निवासको कम्पाउण्ट भित्र पार्किङ गरि राखिएको से १ झ २४१ र से १ झ ३३५ नम्बरको स्कारपियो गाडिमा सोमबार राती अज्ञात व्यक्तिहरुद्बारा आगजनी गरिएको उल्लेख गरिएको छ ।

यस घटनाको घोडाघोडी नगरपालिकाले घोर भत्सर्ना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै राती पार्किङ गरि राखेको सरकारी गाडिमा आगजनी गरि सरकारी सम्पत्ति माथी क्षति पुर्‍याउने कार्य अत्यन्त निन्दनीय भएको हुँदा घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्य गरि कानुन अनुसार कारबाहीको माग गरिएको छ ।