घोडाघोडी नगरपालिकाद्बारा डोजर प्रयोग गरि सडक छेउका घरटहरा हटाउन सुरु  - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

घोडाघोडी नगरपालिकाद्बारा डोजर प्रयोग गरि सडक छेउका घरटहरा हटाउन सुरु 



बिशाल पाण्डेय / बिरेन्द्र शाह

सुखड । कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिकाले पुर्व पश्चिम राजमार्ग छेउमा पर्ने पसल,खोका, टहरा र निर्माण सम्बन्धि सामाग्रीहरु डोजर लगाएर हटाउनेे काम सोमबारदेखि सुरु गरेको छ ।नगरपालिकाले डोजर लगाएर सडकको २५ मिटर दायाँबायाँ रहेका घर टहरा हटाउन थालेको हो ।

घोडाघोडी नगरपालिकाका निमत्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यको नेतृत्वको टोलीले नगरपालिका अन्तरगत पुर्व पश्चिम राजमार्गको अधिकार क्षेत्र भित्र पर्ने पसल,टहरा,खोकाहरु डोजर लगाएर हटाउन सुरु गरेको छ । टोलीमा वडा अध्यक्षहरु,वडा सदस्य, प्रहरी,शसस्त्र प्रहरीहरुको पनि उपस्थिति रहेको छ ।

घोडाघोडी नगरपालिकाले पटक पटक सुचना प्रकाशन गर्दा पनि नमाने पछि बाध्य भएर महेन्द्र राजमार्ग अन्तर्गत पुर्वमा शुक्तीकाढा नदी देखी पश्चिममा आमखोइया सम्मका पसल,टहरा,खोका र निमार्ण सम्बन्धी सामाग्रीहरु हटाउन डोजर प्रयोग गर्नु परेको निमत्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यले बताए । नगरपालिकाले पुर्वमा पर्ने शुक्तीकाढा नदी बाट खोका टहराहरु हटाउन सुरु गरेको हो ।