घोडाघोडीमा चक्रपथ निर्माण हुने, १० करोड विनियोजन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

घोडाघोडीमा चक्रपथ निर्माण हुने, १० करोड विनियोजन



विशाल पाण्डेय/कैलाली –
कैलालीको घोडाघोडी नगरपालिकामा चक्रपथ (रिङरोड) निर्माण हुने भएको छ । राष्ट्रिय योजना आयोगबाट घोडाघोडी नगरपालिका -१ मा करिब १२ किलोमिटर रिङरोड निर्माण हुने भएको हो ।

सुखडको लिटिल चोकबाट पिपलडाँडा हुँदै पुर्वी पेट्रोल पम्प, बेलकोट , बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वालानगर हुँदै पुनः लिटिल चोकसम्म जोडिने गरि राष्ट्रिय योजना आयोगको करिब १० करोड लागतमा रिङरोड निर्माण हुने भएको घोडाघोडी नगरपालिका वडा नं १ का अध्यक्ष मनराज शाहीले जानकारी दिए ।

तीनवर्षे कार्यक्रम अन्तर्गत राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङरोड निर्माण हुन लागेको वडाध्यक्ष शाहीले जानकारी दिए । शाहीले आफ्नो वडामा रिङरोड बनाउने सपना पूरा हुन लागेको बताए । ‘आफ्नो वडामा रिङरोड बनाउने मेरो ठूलो सपना थियो । अध्यक्ष शाहीले भने, ‘ रिङरोडको योजना पार्नको लागि धेरैपटक मन्त्रालय धाएर निकै मेहिनतका साथ लागेको थिए । करिब डेढ बर्ष देखि लागेको मेहनतको आज आएर फल मिल्यो ।’ “यसमा मेरो छोरा सुरेन्द्र बहादुर शाहीको पनि ठूलो हात छ । उनले थपे, ‘मेरो सपना साकार पार्नको छोरा सुरेन्द्रले साथ दियो ।’

तीन वर्ष भित्र सक्ने गरि निर्माण गर्ने भनिएको रिङरोडको लागि आगामी आर्थिक वर्ष २०७७ / ०७८ मा २ करोड ७० लाखको बजेट विनियोजन गरिएको छ । यस्तै वडा नं १ अन्तरगत बेलकोटमा वडा कार्यालयको ४० लाख तथा नगरपालिकाको २० लाख गरि कुल ६० लाख रुपैयाँको लागतमा कालोपत्रेको काम समेत सुचारु भएको छ ।