घोडाघोडी बहुमुखी क्याम्पसमा लगाएको ताला खुल्यो
सुखड,कैलाली । घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले लगाएको ताला खुलेको छ । अनेरास्ववियु र नेविसंघले विभिन्न माग राख्दै सोमबार तालाबन्दी गरेका थिए ।
क्याम्पस प्रशासनले माग पुरा गर्ने सहमति जनाएपछि मंगलबार ताला खुलेको वार्ता टोलीका सदस्य कपिल सापकोटाले बताए ।
क्याम्पसले स्ववियु निर्वाचनलाई लक्षित गरेर सार्वजनिक गरेको सूचना सच्याउने र त्रिविको नियम अनुसार जाने, क्याम्पसले विविध शीर्षकमा लिँदै आएको ६ सय रुपैयाँ, स्ववियु बापत काटिएको रकम र प्रयोगात्मक शुल्क बारे क्याम्पस सञ्चालक समितिसँग छलफल गर्ने, विद्यार्थी वित्तीय कोषको छात्रवृत्ति बाट काटिएको एक हजार रुपैयाँ विद्यार्थीलाई फिर्ता गर्ने र कोर्स पुरा गर्न अतिरिक्त कक्षाको व्यवस्था गर्ने सहमति भएपछि ताला खोलिएको सापकोटाले जानकारी दिए ।
हालसम्मको बक्यौता रकम तिर्नुपर्ने र, थप दुई हजार रुपैयाँ तिरेर परिचय पत्र बनाउनुपर्ने भन्दै क्याम्पस प्रशासनको
बिहीबार बसेको बैठकले निर्णय गरि सुचना जारी गरेको थियो ।