घोडाघोडी क्याम्पसले क्युएए उत्सव तथा सहिद दिवस मनायो - Himal Post Himal Post
  • १७ फाल्गुन २०८२, आईतवार
  •      Sun Mar 1 2026
Logo

घोडाघोडी क्याम्पसले क्युएए उत्सव तथा सहिद दिवस मनायो



सुखड,कैलाली । घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले क्युएए उत्सव तथा सहिद दिवस मनाएको छ । गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र (QAA)प्राप्त गरेको उपलक्ष्यमा सरस्वती पुजा तथा सहिद दिवसका दिन क्याम्पसले बिहिवार उत्सव मनाएको हो ।

घोडाघोडी क्याम्पसका सञ्चालक समिति अध्यक्ष सिद्ध आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य अमर बहादुर साउद रहेका थिए ।

कार्यक्रममा घोडाघोडी क्याम्पस लाई क्युएएको विभिन्न चरणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरु लाई समेत क्याम्पसले सम्मान गरेको छ । सम्मानित हुनेमा घोडाघोडी क्याम्पस संस्थापक अध्यक्ष दुर्गा प्रसाद ओझा, पुर्व अध्यक्ष पुर्ण राज जोशी, ओम बहादुर मल्ल, बालकृष्ण न्युरे, निवर्तमान अध्यक्ष बलिभद्र सापकोटाका साथै संस्थापक क्याम्पस प्रमुख दिपक राज जोशी, पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई, निवर्तमान क्याम्पस प्रमुख दिनेश राज जोशी र उप प्राध्यापक पुष्पराज जैशी रहेका छन् । त्यस्तै सम्मानित हुने अभिभावकहरुमा भिमदत्त बिनाडी, गोलुराम चौधरी र अग्नी प्रसाद सापकोटा रहेका छन् ।

सोही कार्यक्रममा क्याम्पसले घोडाघोडी खेलकुद सप्ताहमा विभिन्न विधाहरुमा उत्कृष्ट हुने विद्यार्थीहरु लाई समेत पुरुस्कार तथा प्रमाण पत्रले सम्मान गरेको छ । घोडाघोडी क्याम्पसले यहि पौष २८ गते विश्वविद्यालय अनुदान आयोग बाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र प्राप्त गरेको थियो ।

देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको फोटोमा प्रमुख अतिथि ,विशिस्ट अतिथि लगायतले माल्यार्पण समेत गरेका थिए । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।