घोडाघोडीका बटुकलाई न्यानो लुगा वितरण
सुखड,कैलाली । कैलालीको धार्मिक स्थल घोडाघोडी मन्दिरमा बसोबास गर्दै आइरहेका बटुकहरुलाई न्यानो लुगा वितरण गरिएको छ ।
टेङ्गुवा महिला सामुदायिक वन समूहले बुधबार गुरुकुलमा बस्ने बटुकहरुलाई ३७ थान न्यानो हुट वितरण गरेका हुन् ।
समुहकी अध्यक्ष मैना ढकालले बटुकहरुले लगाउने लुगा नहुदा कठ्याङ्ग्रीए बस्नुपर्ने भएपछि आफुहरुले न्यानो लुगा सहयोग गरेको बताइन् । उनले सानासाना बटुकहरुसंग जाडोमा लगाउनको लागि एक जोड भन्दा अर्को जोड लुगा नहुदा समुहले न्यानो लुगा उपलब्ध गराएको जानकारी दिइन ।
बिराट सनातन धर्म संस्कृती संरक्षण सम्बर्द्धन प्रतिष्ठान घोडाघोडीका सचिब तथा संस्कृति वेद विद्या आश्रमका प्राध्यानध्यापक शंकर सन्ज्यालले न्यानो लुगा वितरण गरेकोमा महिला सामुदायिक वन समुहलाइ धन्यवाद दिदै खुशी व्यक्त गरे । जाडो मौसममा बटुकहरुलाई अलि बढी समस्या हुने सन्ज्यालले बताए । बल्ल बल्ल बस्नको लागि भवन निर्माण गरेपनी भवनमा झाल ,ढोका नहुदा चिसो हावा खानुपर्ने बाध्यता रहेको उनले बताए । बटुकहरुलाइ ओढ्नको लागि कम्बल र बस्नकोलागि गुन्द्रीहरुको समेत समस्या रहेको सन्ज्यालले दुखेसो पोखे । घोडाघोडी मन्दिरमा सुदुर पश्चिम् प्रदेश तथा कर्णाली प्रदेशका विद्यार्थीहरु गरि ३४ जना बटुकहरु गुरुकुलमा बसेर अध्ययन गरिरहेका छन् ।