ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: राजमार्ग अवरुद्ध



कैलाली- घोडाघोडी नगरपालिका- १ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिवार बिहान दुर्घटनामा परि गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका सुरेश लामिछाने गम्भिर घाइते भएका थिए ।

उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलामा प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

मृतकका आफन्तहरूले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।